+

अग्रता जोगाउन नसक्दा चेल्सी पराजित

२०७९ भदौ  १५ गते ७:३८ २०७९ भदौ १५ गते ७:३८
अग्रता जोगाउन नसक्दा चेल्सी पराजित

१५ भदौ, काठमाडौं । प्रिमियर लिग फुटबलमा मंगलबार राति भएको खेलमा चेल्सी साउथह्याम्पटनसँग २-१ ले पराजित भएको छ ।

साउथह्याम्पटनको मैदानमा चेल्सीले पहिले अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा सिजनको दोस्रो हार व्यहोर्नु पर्‍यो ।

खेलको २३ औं मिनेटमा रहिम स्टर्लिङले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । तर, अग्रता लामो समय टिकेन । २८औं मिनेटमा रोमिओ लाभियाले साउथह्याम्पटनका लागि बराबरी गोल फर्काए ।

एडम आम्स्ट्रङले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै साउथह्याम्पटनलाई २-१ को अग्रता दिलाए । त्यही अग्रता कायम राख्दै साउथह्याम्पटनले खेल जित्यो।

जितपछि पाँच खेलबाट ७ अंक जोड्दै साउथह्याम्पटन सातौं स्थानमा उक्लेको छ । समान अंक रहे पनि चेल्सी आठौं स्थानमा झरेको छ ।

मंगलबारै राति भएका अन्य खेलमा फुलहमले ब्राइटनलाई २-१ ले हराएको छ भने क्रिस्टल प्यालेस र ब्रेन्टफोर्डले तथा लिड्स र एभरटन १-१ गोलको बराबरी खेलेका छन् ।

चेल्सी प्रिमियर लिग साउथह्याम्पटन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय