+
+

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी ३ वर्षपछि पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १५ गते १२:०७

१५ भदौ, वीरगञ्ज । प्रहरीले वीरगञ्जबाट जर्बजस्ती करणी मुद्दाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका-१६ बस्ने अनिलप्रसाद चौरसिया रहेका छन् ।

वि.स.२०७६ असार १२ गते उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जले जर्बजस्ती करणी मुद्दामा उनलाई दोषी ठहर गरेको थियो । फैसला आदेशमा उनलाई ६ वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना तोकिएको थियो ।

घटना लगत्तै फरार भएका उनलाई वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको प्रहरी टोलीले सोमबार वीरगञ्ज-१६ बाटै पक्राउ गरेको थियो ।

अदालतको आदेशमा कैद भुक्तानका लागि सोमबार नै वीरगञ्ज कारागार चलान गरिएको वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक विशाल मल्लले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?