+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

सामाजिक सुरक्षा भत्ता वितरण प्रभावकारी बनाउन सहयोगको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २८ गते १३:२२

२८ भदौ, काठमाडौं । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सामाजिक सुरक्षा भत्ता वितरणलाई प्रभावकारी बनाउन बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेको छ ।

सेवाग्राहीहरुले समयमा नै भत्ता रकम नपाएको, अशक्त, वृद्धवृद्धाहरुले धेरै सास्ति खेप्नुपरेको गुनासो बढिरहेको बेला विभागले बैंकहरुसँग छलफल गरी भत्ता वितरणमा अन्तरबैंक एकरुपता कायम गरी सहज बनाउन विभागका महानिर्देशक तिर्थराज भट्टराईले आग्रह गरे ।

भत्ता वितरणलाई प्रभावकारी बनाउन सेवाग्राहीलाई एटिएम दिनुपर्ने, चेकबुकको संख्या बढाउनुपर्ने, बैंकले सेवाग्राहीको खातामा ७ दिन भित्र पैसा जम्मा गरिदिनुपर्ने प्रस्ताव विभागले गरेको छ । त्यस्तै अशक्त तथा ९० वर्ष भन्दा माथिका व्यक्तिलाई स्थानीय तह र बैंकको सहमतिमा भुत्तानी शिविर, शाखा रहित बैंक, मोवाइल बैंकिङ्ग, सहकारी मार्फत भुक्तानी जस्ता विशेष व्यवस्था गरी भुक्तानी दिँदा सहज र प्रभावकारी हुनेतर्फ ध्यान दिन बैंकहरुलाई विभागले आग्रह गरेको छ ।

छलफल गृहमन्त्रालयका सहसचिव डा. भीष्मकुमार भुषालले भत्ता वितरणलाई बैंकहरुले बोझको रुपमा मात्र नभई अवसरको रुपमा लिन आग्रह गरे ।

सामाजिक सुरक्षा वितरणकै क्रममा धेरै बैंकहरुले दुर्गम स्थानमा पुग्न पाएको, बचतकर्तालाई बैंकले लगानीका लागि सेवाग्राही बढाउन मद्दत गर्ने तथा बैंकको महत्वका बारेमा ग्रामीण भेगलाई जानकारी दिन पाएको उनले बताए ।

छलफलमा सहभागी बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिले भने केही स्थानीय जनप्रतिनिधिले लोकप्रियताका लागि घरघरमै भत्ता वितरण गर्न चासो देखाएको तर स्थानीय तहमा न्यून जनशक्तिका कारण कामगर्न कठिन भइरहेको गुनासो गरेका थिए ।

सामाजिक सुरक्षाको लागि खोलिएको बैंक खातामा नै भत्ता रकम जम्मा गर्दा प्रतिवेदन प्रणाली प्रभावकारी हुने भएकाले विभागले यसतर्फ ध्यान दिनुपर्ने उनीहरुको सुझाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?