+

क्रिकेट प्रतियोगिता पुनः सञ्चालन गर्न खेल म्यानेजरहरूको आग्रह

२०७९ भदौ  २९ गते ७:०८ २०७९ भदौ २९ गते ७:०८
क्रिकेट प्रतियोगिता पुनः सञ्चालन गर्न खेल म्यानेजरहरूको आग्रह

२९ भदौ, काठमाडौं । राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत क्रिकेट खेलमा वर्षा बाधक बनेकाले पुनः प्रतियोगिता गर्न राष्ट्रिय खेलकुद परिषद (राखेप)लाई खेल म्यानेजरहरुले आग्रह गरेका छन् । प्रदेश र विभागीय टोलीका खेल म्यानेजरहरुले राखेपलाई संयुक्त पत्र लेखेर पुनः प्रतियोगिता गर्न आग्रह गरेका हुन् ।

वर्षा बाधक बन्दा मुलपानीस्थित मैदानमा खेलाउने भनिएका ११ खेलमध्ये एउटा पनि खेल टस समेत हुन नपाई अंक बाँड्नु परेको र कीर्तिपुर मैदानमा हुनुपर्ने १३ खेलमध्ये ८ खेल नतिजा विहीन भएको भएका थिए ।

प्रतियोगितामा सहभागी ११ टिममध्ये बागमती, गण्डकी र सशस्त्र प्रहरी बल एक खेल पनि खेल्न नपाई बाहिरिएका थिए । अन्य प्रदेश र विभागीय टोलीलेसमेत पूरै अवधि खेल खेल्नबाट बन्चित भएका थिए ।

त्यसैले खेल म्यानजेरहरुले राखेपलाई पत्र लेख्दै पुनः तालिका निर्धारण गरी उपयुक्त समयमा प्रतियोगिता गर्न माग गरेका हुन् ।

प्रतियोगितामा सहभागी टिमका म्यानेजरहरुले लेखेको पत्रमा लेखिएको छ, ‘प्रतियोगिता जारी राख्दा वा विकल्प नसोचिएमा प्राविधिक रुपमा सम्पन्न मानी पदक वितरण पनि हुन सक्ला तर राष्ट्रिय प्रतियोगिताको महत्व र विश्वसनीयता कहाँ जाला भनी सोच्नुपर्ने बेला भएकाले हामी निवेदक टिमहरुले खेल तालिकालाई पुनः निर्धारण गरी उपयुक्त समयमा पुनः प्रतियोगिता सन्चालन गर्न श्रीमान समक्ष गम्भीर ध्यानाकर्षण गराउँदै यो निवेदन पेश गर्दछौं ।’

पत्रमा गण्डकी प्रदेशका म्यानेजर ऋषिराम गौतम, प्रदेश नं. का अर्जुन पौडेल, मधेश प्रदेशका गुर्बुजा हवारी, नेपाल एपीएफ क्लबका किरण खत्री, सुदूर पश्चिमका दीपेन्द्र बहादुर चन्द, कर्णालीप्रदेशका जनक विक्रम शाही, बागमती प्रदेशका सुजन महर्जन, लुम्बिनीका भरत थापाले हस्ताक्षर गरेका छन् ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता नेपाली क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय