+
+

भक्तपुरमा बालिका बलात्कारको आरोपमा युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २ गते १३:४०

२ असोज, काठमाडौं । भक्तपुरमा बलात्कारको आरोपमा एक युवक पक्राउ परेका छन् ।

दोलखाको शैलुङ गाउँपालिका-७ का १९ वर्षका अशोक भन्ने अनिश भुजेल  १३ वर्षकी बालिका बलात्कारको आरोपमा पक्राउ परेका हुन् ।

भुजेलले आफू काम गर्ने भक्तपुर नगरपालिका-१ दुधपाटीको मम एण्ड पिज्जा हाउसमा बोलाई बालिकालाई विभिन्न प्रलोभनमा पारी जबर्जस्ती करणी गरेको उजुरी प्रहरीसमक्ष परेको थियो ।

त्यसपछि युवकलाई ललितपुर महानगरपालिका-९ भुलढोकाबाट पक्राउ गरी ल्याएको जिल्ला  प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?