
२ असोज, ताप्लेजुङ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि ताप्लेजुङको दुई नयाँ मतदानस्थल थपिएको छ । मतदाता सङ्ख्या र भूगोललाई आधार मानेर नयाँ दुई मतदानस्थल थप गरिएको हो ।
स्थानीय तह निर्वाचनपछि ताप्लेजुङमा दुईवटा मतदानस्थल थप भएको हो । नयाँ मतदानस्थल थप भएसँगै ताप्लेजुङमा ७५ वटा मतदानस्थल कायम भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
मतदानस्थल थपघटको सिफारिस गर्न जिम्मेवारी पाएको समितिले स्थानीय तहको अगुवाइ र समन्वयमा सर्वदलीय सर्वपक्षीय छलफलमार्फत मतदानस्थल थप गर्न फुङलिङ नगरपालिका–९ स्थित शिव आधारभूत विद्यालय र मिक्वाखोलाको पापुङस्थित सिम्बुक प्रावि मतदानस्थल थप गर्न सिफारिस गरेको थियो ।
सोहीअनुसार मतदानस्थल थप भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मतदान केन्द्र भने एक सय २३ वटा कायम रहेको छ ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4