+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

प्रमुख भन्सार नाकामा सवारीसाधन ‘स्क्यानर’ जोड्ने तयारी

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १० गते १८:३५

१० असोज, काठमाडौं । भन्सार विभागले प्रमुख भन्सार नाकाहरुमा साना ठूला मालबाहक सवारी साधन स्क्यान गर्ने प्रविधि जडानको तयारी गरेको छ । चालु आर्थिक वर्षको बजेटमा लिइएको नीतिअन्र्तगत वीरगन्ज, वीरगञ्ज सुख्खा बन्दरगाह, बिराटनगर, भैरहवा, त्रिभुवन अन्तर्राष्ट्रिय लगायतका भन्सारमा सवारी साधन स्क्यानर राख्ने तयारी गरेको विभागले जनाएको छ ।

नाकाहरुमा सवारी साधन जाँचलाई व्यवस्थित गर्नेबारे अध्ययन सुरु गरिएको विभागका सूचना अधिकारी पुण्यविक्रम खड्काले बताए । स्क्यानर जडान र सञ्चालन सम्बन्धी अनुभव आफूहरुसँग नभएका कारण यस सम्बन्धी सेवा प्रदायकहरुसँग परामर्शका लागि सेवा खरिद प्रस्ताव आहृवान गरेको पनि खड्काले बताए ।

‘कुन-कुन नाकामा कस्तो स्क्यानर भन्ने निक्र्यौल भएको छैन, तर प्रमुख नाकामा स्क्यानर राख्नेबारे सेवा प्रदायकसँग सेवाबारे जानकारी माग गरेका छौं,’ खड्काले भने, ‘विभागले अहिले आफै प्रविधि खरिदभन्दा पनि सेवा खरिद गरेर निजी क्षेत्रबाट सञ्चालनमा ल्याउने गरी प्रारम्भिक छलफल थालेको हो ।’

स्क्यानर सेवा दिने कम्पनीहरुले पेश गर्ने सेवा, मूल्य, दैनिक स्क्यानर सेवा र प्राविधिक जस्ता सुविधाका आधारमा विभागले स्क्यानर जडानबारे थप गृहकार्य गर्ने विभागले जनाएको छ । हाल व्यवसायीले आयात तथा निर्यात गर्ने वस्तुको जाँचपास व्यवसायीले गरेको स्वघोषणाकै आधारमा हुने गरेको छ ।

निजी क्षेत्रले सञ्चालन गर्नेगरी सवारी स्क्यान गर्ने तयारी गरिरहँदा २०६३ सालमा चीन सरकारले अनुदानमा उपलब्ध गराएको दुई वटा स्क्यानर मेसिन भने नचल्ने अवस्थामा छन् । त्रिभुवन अन्तराष्ट्रिय भन्सार कार्यालय र वीरगन्जस्थित सुख्खा बन्दरगाहमा रहेका दुवै मेसिन अहिले नचल्ने अवस्थामा रहेको सूचना अधिकारी खड्काले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?