+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
147/6 (20)
VS
Biartnagar Kings won by 6 wickets
Won विराटनगर किंग्स 2025
150/4 (11.5)
Shares

ओलीमाथि रावलको टिप्पणी : प्रधानमन्त्री हुँदा आधा समय बालुवाटार र अस्पतालमा बिताउनुभयो

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २७ गते १४:०९

२७ असोज, काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री हुँदा आधाभन्दा बढी समय सरकारी निवास र अस्पतालमा बिताएको टिप्पणी गरेका छन् ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले अध्यक्ष् ओली झण्डै दुई तिहाइको प्रधानमन्त्री भएका बेला आधा भण्दा बढी समय सरकारी निवास बालुवाटार र अस्पतालमा बिताएको टिप्पणी गरेका हुन् ।

‘पार्टी अध्यक्षकै कुरा गर्ने हो भने संसदमा अत्यन्त संवेदनशील विषयमा छलफल हुँदा सहभागी नहुने, आफूलाई बोल्न मन लागेका बेला मात्र अरुलाई उपस्थित हुन उर्दी गरेर झुल्किने, झण्डै दुई तिहाइको प्रधनममन्त्री हुँदा आधा भन्दा बढी समय सरकारी निवास बालुवाटार र अस्पतालमा बिताउनेले उम्मेदवार हुन पाउने’ रावलले भने, ‘तर देश र जनताको हित एवं सरोकारका विषयमा निरन्तर संसदमा र संसदीय समितिमा सक्रियताका साथ आवाज उठाउने र कानुन निर्माणमा क्रियाशील रहनेले क्षेत्र, जिल्ला र प्रदेशबाट सर्वसम्मत रुपमा एकल सिफारिस हुँदा पनि उम्मेदवार हुन नपाउने किन ?’

एमालेले नयाँ व्यक्तिलाई अवसर दिने भने पनि उनी निकटका नेताहरुको हकमा यो व्यवस्था लागू नगरेको रावलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?