
३० असोज, काठमाडौं । कुमारी बैंकसँग मर्जर सम्झौता गरेको नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले लाभांश प्रस्ताव गरेको छ । २९ असोज शनिबार बसेको बैंक सञ्चालक समितिको बैंकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले हला कायम चुक्ता पूँजी ११ अर्ब १३ करोड ९६ लाख ७८ हजार १४ रुपैयाँको ३.३६६३ प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनार्थ समेत गरि ७.६३३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले कुल ११ प्रतिशत लभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4