२ कात्तिक, काठमाडौं । आइसीसी टी–२० विश्वकपमा बुधबार भएका दोस्रो खेलमा वेष्ट इण्डिजले जिम्बावेलाई ३१ रनले हराएको छ ।
वेष्ट इन्डिजले दिएको १५४ रनको विजयी लक्ष्य पछ्याएको जिम्बावे १८.२ ओभरमा १२२ रनमा अलआउट भयो । जिम्बावेको लागि लुक जोङ्वेले सर्वाधिक २९ रनको योगदान दिए । उनले २२ बलमा ३ चौका र १ छक्का प्रहार गरेका हुन् ।
ओपनर विस्ले माधेवरले २७ रन बनाए । अर्का ओपनर ब्याटर र्ेगिसले १३ रन बनाए ।
वेष्ट इन्डिजका लागि अल्जरी जोसेफले सर्वाधिक ४ विकेट लिए । अर्का बलर जसन होल्डरले ३ विकेट लिए ।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको वेष्ट इन्डिजले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५३ रन बनाएको थियो ।
वेष्ट इन्डिजका लागि ओपनर ब्याटर जोन्सन चार्लेसले सर्वाधिक ४५ रन बनाए । उनले ३ चौका र २ छक्का प्रहार गरेका थिए ।
अर्का ओपनर ब्याटर २ चौकाको मद्धतमा १३ रन बनाउँदै क्याच आउट भएका हुन् । रोभ्मन पावेलेले १ चौका र २ छक्काको सहायतामा २८ रनको योगदान दिए ।
इभिन लुइस १५ रनमा क्याच भए । अकेल होसेन २३ रनमा अविजित रहे ।
जिम्बावेका लागि सिकन्दर राजाले सर्वाधिक ३ विकेट लिएका थिए । अर्का खेलाडी ब्लेसिङ मुजर्वनीले २ विकेट लिए ।
यो नजितासँगै समूह बीमा रहेका सबै चार टिमको समान २ खेलबाट २ अंक छ । तर रन रेटका आधारमा स्कटल्याण्ड्स पहिलो, जिम्बावे दोश्रो, वेष्ट इण्डिज तेश्रो र आयरल्याण्ड चौथो स्थानमा छन् ।
प्रतिक्रिया 4