
७ कात्तिक, विराटनगर । नेताहरुले विकासको बाचा गरे भन्दैमा सबै नागरिकको पहिलो प्राथमिकता विकास हुँदोरहेनछ । उनीहरुले अनलाइनखबरसँग आफ्ना यस्ता मर्काहरु राखे, जसबारे जनप्रतिनिधिको दृष्टि उघारिनै पाएको छैन । यहाँ हामीले प्रस्तुत गरेका भिडियोले उनीहरुका वास्तविक मर्का देखाउँछन् ।
सुकुम्बासी बस्तीका महिलाहरुलाई लालपूर्जा चाहिएको छ । नागरिकताविहीन हुनपुग्दा राज्यका न्युनतम अवसरबाट बञ्चित नागरिकका लागि नागरिकताको प्रमाणपत्र नै पहिलो आवश्यकता बन्न पुगेको छ । सबैभन्दा चिन्ताजनक अवस्थाको कारक बन्न पुगेको छ महँगी । यो यस्तो मुद्दा बन्न पुगेको छ, जसलाई चुनाव आए पनि नआए पनि राज्यका कुनै पनि अंगले सम्बोधन गर्न सकेका छैनन् ।
यी र अनेक विषयहरु हामीले यी पाँचवटा भिडियोमा समेटेका छौं । कुनै भिडियोमा नागरिकका पीडा छन्, कुनै भिडियोमा विगतका जनप्रतिनिधि र आगामी चुनावमा प्रत्याशी उम्मेदवारका भनाई ।
पूर्वी मधेशले तीन जिल्ला समेट्छ– सुनसरी, मोरङ र झापा । यहाँ प्रस्तुत भिडियोहरु अनलाइनखबरका लागि हाम्रा भिडियोग्राफर शंकर गिरीले खिचेका हुन् । हामीले मोरङमा केन्द्रित भएर यी भिडियो तयार पारेका छौं ।
पहिलो भिडियोमा रिक्सा चालक जगन्नाथ गिरिका पीरमर्का सुनौं । उनीसँग हामी विराटनगरका विभिन्न टोल घुम्यौं ।
दोस्रो भिडियो देहातका यी महिलाहरुको । उनीहरुलाई नागरिकता, सुकुम्बासीको जमिन पूर्जा चाहिएको छ । बाढी, तटबन्धलगायत मुद्दा छँदै छन् ।
यहाँ मुनि दिइएको यो भिडियोमा कांग्रेस वरिष्ठ नेता शेखर कोइराला आफ्नो क्षेत्रको तुलनात्मक विकट क्षेत्र सुन्दरहरैचा गुम्बाबस्ती नजिकै तामाङ गाउँमा अन्तर्क्रिया गर्दैछन् । अनि अनलाइनखबरले स्थानीयसँग त्यहाँका आवश्यकता र चुनावी चहलपहलबारे कुराकानी गरेको छ ।
एमाले उम्मेदवार लालबाबु पण्डित मोरङ ६ को कन्चनबारीमा कार्यकर्ता तथा शुभेच्छुकसँग छलफल गरिरहेका छन् । त्यसै क्रममा अनलाइनखबरले उनीसँग वार्ता गरेको थियो । कार्यकर्ताहरुले आफ्ना कुरा राखेका थिए ।
र, यो भिडियोमा छिन्, रेखा थापा । सुकुम्बासी बस्तीका समस्यालाई आफ्नो मुख्य एजेन्डा बनाउँदै भोट मागिरहेकी ।
हामीलाई केही दिन पर्खनुस् । अरु पनि मल्टिमिडिया सामग्री स्थलगत रिपोर्टिङका क्रममा तपाईंलाई पस्कँदै जानेछौं ।
भिडियो : शंकर गिरी/अनलाइनखबर
प्रतिक्रिया 4