+
+

बेलायत पुगेका कृषि कामदार बारेको समाचारले पायो बेलायतमै सम्मान

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १५ गते ११:५४
Photo Credit : Krisztian Bocsi/Bloomberg

१५ कात्तिक, काठमाडौं । नेपालबाट फलफूल टिप्ने काम गर्न बेलायत गएका कामदारहरुले अवैध शुल्क तिर्नुपरेको सम्बन्धी खोजमूलक समाचारलाई बेलायतको सर्वदलीय सांसद्हरुको एक संस्थाले सन् २०२२ को सर्वोत्कृष्ट खोजमूलक समाचारको सम्मान दिएको छ ।

बेलायतको ‘दि ब्यूरो अफ इन्भेष्टिगेटिभ जर्नालिजम’ र ‘दि गार्डियन’ ले संयुक्त रुपमा खोज गरेको समाचारले उक्त पुरस्कार पाएको हो ।

बुधबार बेलायतको ‘हाउस अफ कमन्स’ मा आयोजित एक कार्यक्रममा यो समाचार लेख्ने बेलायतका खोज पत्रकारहरु एमिलियानो मेलिनो, पिट प्याटिशन र नेपाली पत्रकार रुद्र पंगेनीलाई सम्मानित गरिएको हो ।

बेलायतको सबै दलका सांसद्हरुको समूहबाट बनेको संस्था ‘ह्युमन ट्राफिकिङ फाउण्डेशन’ ले हरेक वर्ष गैरदासत्व दिवस (अक्टोबर १८) को अवसरमा ४ विधामा आधुनिक दासत्व (मोडर्न स्लेभरी) अर्थात् मानव तस्करी सम्बन्धी प्रकाशित समाचार, खोजमूलक समाचार, विचार र ब्रोडकाष्ट गरिएको भिडियोलाई सम्मान गर्ने गरेको छ ।

कसरी अवैध शुल्क असुल गरेर नेपाली श्रमिक बेलायत लगिदैछ भन्ने ‘नेपाली कृषि कामदारले तिरे अवैध शुःल्क, बेलायतमै छानबिन’ शीर्षकको समाचार अनलाइनखबर डटकमले १३ जेठ २०७९ मा प्रकाशित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?