+
+

धनकुटामा नमूना मतदान

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २१ गते १७:०९

२१ कात्तिक, धनकुटा । धनकुटामा नमूना मतदान गरिएको छ । जिल्ला निर्वाचन कार्यालयले मत बदर कम गर्न सोमबार नमूना मतदान गरेको हो ।

मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा मत बदर घटाउन नमूना मतदान गरिएको कार्यालयका प्रमुख जयराम श्रेष्ठले जानकारी दिए । उनका अनुसार अन्य स्थानीय तहमा पनि नमूना मतदान कार्यक्रम आयोजना गरिने छ ।

धनकुटाको पशु विज्ञ तथा भेटेरीनरी कार्यालयमा आयोजना गरिएको नमूना मतदानमा कर्मचारी, सेवाग्राही, पत्रकार र स्थानीयले नमूना मतदानमा भाग लिएका छन् । नमूना मतदान सहभागीले प्रदेश र प्रतिनिधिका प्रत्यक्षलाई र समानुपातिक गरि ४ वटा मतपत्रमा ४ पटक मतदान गरेका छन् । नमूना मतदानमा २१ पुरुष र १५ महिला गरि ३६ जनाले भाग लिएका छन् ।

धनकुटामा एक लाख १६ हजार नौ सय ९१ मतदाता रहेका छन् । तीन नगरपालिका र चार गाउँपालिका रहेको जिल्लामा कुल एक सय १९ मतदानस्थल छन् भने एक सय ६२ मतदान केन्द्र रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

धनकुटामा १५ सय १ अस्थायी मतदाता

धनकुटामा १ हजार ५ सय अस्थायी मतदाता छन् । जिल्ला निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार १ हजार ५ सय १ जना अस्थायी मतदाता रहेका हुन् । अस्थायी मतदातामा कर्मचारी, सेना, प्रहरी, कारागारका कैदीबन्दी छन् ।

अस्थायी मतदातामा जिल्ला कारागारमा रहेका कैदीबन्दी ४२ जना र अन्य कर्मचारी, सेना, प्रहरी रहेको जिल्ला निर्वाचन अधिकारी श्रेष्ठले जानकारी दिए ।

जिल्ला कारागारमा रहेका ४२ मतदातामा सबै पुरुष रहेको जिल्ला निर्वाचन अधिकारी श्रेष्ठले जानकारी दिए । अस्थायी मतदाताले प्रतिनिधिसभाको समानुपातिकतर्फ मात्रै मतदान गर्न पाउने उनले जानकारी दिए ।

मंसिर ४ गते हुने प्रदेश तथा प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा धनकुटामा २ वटा अस्थायी मतदानस्थल कायम गरिएको छ ।

जसमा कैदीबन्दीका लागि जिल्ला कारागार धनकुटामा एउटा र कर्मचारी, सेना, प्रहरीका लागि गोकुण्डेश्वर माध्यमिक विद्यालयमा कायम गरिएको श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?