
सप्तरी क्षेत्र नम्बर २ को राजविराज नगरपालिका ११ स्थित स्वास्थ्यचौकी मतदान केन्द्र
४ मंसिर, धनुषा । धनुषाको कमला नगरपालिका–६ बिलट बौकु मावि माडन मतदानस्थलको ‘ख’ केन्द्रमा मतदान रोकिएको छ ।
मतदान अधिकृतले प्रतिनिधि सभाको प्रत्यक्षतर्फको मतपत्र मतदातालाई दिनुपर्नेमा प्रदेश सभाको प्रत्यक्षतर्फको मतपत्र दिएको पाइएपछि बिहान ९ बजेदेखि मतदान रोकिएको हो । त्यतिबेला ७० वटा मत खसिसकेको थियो ।
मतदान सुरु गर्न अहिले सर्वदलीय बैठक बसिरहेको छ ।
यसैगरी सप्तरी क्षेत्र नम्बर २ को राजविराज नगरपालिका ११ स्थित स्वास्थ्यचौकी मतदान केन्द्र ‘क’ मा पनि प्रतिनिधि सभातर्फको मत पत्रको ठाउँमा प्रदेश सभाको मत पत्र दिइएको पाइएपछि झण्डै डेढ घण्टा मतदान रोकिएको छ । त्यतिबेला ३९ जनाले मतदान गरिसकेका थिए । सर्वपक्षीय सहमति पश्चात् ती ३९ जनालाई पुनः मतदान गर्न दिइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4