+
+

रोल्पामा कांग्रेस प्रदेश सभापति पराजित, माओवादीका बागी पुन विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ७ गते १८:३६

७ मंसिर, रोल्पा । रोल्पाको प्रदेशसभा १ मा स्वतन्त्र उम्मेदवार दीपेन्द्रकुमार पुन निर्वाचित भएका छन् । उनले नेपाली कांग्रेसका प्रदेश सभापति समेत रहेका सत्ता गठबन्धनका अमरसिंह पुनलाई पराजित गरे ।

नेकपा माओवादी केन्द्रले टिकट नदिएपछि बागी उठेका दीपेन्द्रले १४ हजार ९२७ मत ल्याए । कांग्रेसका अमरसिंहले १० हजार ४०६ मत प्राप्त गरे ।

माओवादी सशस्त्र द्वन्द्वमा सुरुदेखि नै आवद्ध भएका दीपेन्द्र घाइते समेत हुन् । सत्ता गठबन्धनको सिट बाँडफाँटमा रोल्पा प्रदेशसभा १ नेपाली कांग्रेसलाई दिएपछि उनले माओवादी केन्द्रको पोलिटब्युरो सदस्य तथा रोल्पा जिल्ला ईन्चार्जबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?