+
+

ज्यापु दिवसमा योमरीसहित र्‍याली

आर्यन धिमाल आर्यन धिमाल
२०७९ मंसिर २२ गते ११:१८

२२ मंसिर, काठमाडौं । काठमाडौंका नेवार समुदायले आज राष्ट्रिय ज्यापु दिवस एवम् योमरी पूर्णिमा पर्व मनाएका छन् । दिवसको अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवा, कांग्रेस नेता प्रकाशमान सिंह लगायतको सहभागितामा बसन्तपुरमा विशेष कार्यक्रम समेत आयोजना गरिएको छ ।

त्यसअघि चामलको पिठोबाट बनाइएको परिकार योमरीसहित र्‍याली निकालिएको थियो । र्‍यालीमा सहभागीहरु नेवार समुदायको परम्परागत पोशाकमा सजिएका थिए । सो र्‍याली बसन्तपुरमा पुगेर सभामा परिणत भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले विभिन्न जातजातीका भाषाभाषी र मौलिक सँस्कृति मुलुकको गौरव भएको बताए । त्यसै अन्तर्गतको ज्यापु समुदायले नेपालमा मौलिक कला, संस्कृति र कला कौशलको क्षेत्रमा विशिष्ट योगदान पुर्याएको भन्दै प्रशंसा गरे । तिनलाई जोगाउनु सबैको कर्तव्य भएको पनि उनले बताए । नेपाल सरकारले ज्यापु संस्कृतिको विकासका लागि अक्षय कोष स्थापना गरेको जानकारी पनि उनले दिए ।

 

लेखकको बारेमा
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?