+
+

स्पेनिस कम्पनीहरूलाई नेपालमा लगानी गर्न आग्रह 

वसन्त रानाभाट वसन्त रानाभाट
२०७९ मंसिर २९ गते ७:१४

बार्सिलोना। स्पेनका लागि नेपाली राजदूत डा शर्मिला पराजुली ढकालले स्पेनिस कम्पनीहरुलाई नेपालमा लगानी गर्न आग्रह गरेकी छिन्।

नेपालमा खास गरी जलविद्युत तथा हरित हाइड्रोजन जस्ता पुन: नवीकरणीय ऊर्जामा लगानी गर्न राजदूत पराजुलीले आग्रह गरेकी हुन्।

स्पेनका व्यापार संगठनहरुको स्पेनिस महासंघकी (CEOE) अध्यक्ष मार्ता ब्ल्यांकोसँग बुधबार राजधानी म्याड्रिडमा भेटघाट गर्दै राजदूत पराजुलीले नेपालमा लगानी गर्न जोड दिइन् । उक्त अवसरमा अध्यक्ष ब्ल्यांकोले स्पेनी व्यवसायीहरूलाई नेपालमा लगानी गर्न प्रोत्साहित गर्ने प्रतिवद्धता व्यक्त गरिन्। सो अवसरमा नेपालमा मल तथा कृषि जन्य उत्पादनहरुको सम्बन्धमा आपसी सहयोगका सम्भावनाहरु बारे पनि छलफल भएको थियो।

सन् १९७७ मा स्थापना भएको उक्त महासंघमा स्पेनका सबै क्षेत्रका गरी २० लाख कम्पनीहरू र ४५ सय भन्दा बढी तल्लोतहका संघहरू जोडिएका छन्। महासंघले स्पेनी युवाहरूमाझ उद्यमशीलता प्रवर्द्धनमा विशेष जोड दिंदै आएको छ।

राजदूत पराजुली ढकालले आफू ओमनमा राजदूत भए देखिनै नेपालमा हरित हाइड्रोजन उत्पादन गर्ने बारे प्रयास गरि रहेको र अहिले स्पेनस्थित नेपाली दूतावासमार्फत युरोपेली संघसंग लबी गरिरहेको बताइन्।

‘पछिल्लो समय विश्वले ग्रिन हाइड्रोजनको उत्पादनमा जोड दिदै आएको छ,’ राजदूत पराजुलीले  अनलाइनखवरलाई भनिन् ,‘पर्याप्त जलस्रोत भएको हाम्रो देशमा ग्रिन हाइड्रोजन उत्पादनको सम्भावना उच्च भएकाले त्यसमा लगानीको सम्भावानाबारे हामीले दूतावासमार्फत छलफल र पहल गरिरहेका छौ।’

यसैबीच म्याड्रिड राजदूतावासले अर्थ सचिव कृष्णहरि पुष्करको उपस्थितिमा शुक्रबार म्याड्रिडमा नेपालमा लगानीका अवसरहरु, सरकारको नीति तथा नीतिगत सुधारका प्रयासहरुबारे अन्तरक्रिया कार्यक्रमको समेत आयोजना गरेको छ।

लेखकको बारेमा
वसन्त रानाभाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?