
काठमाडौं । टीसीएलको एसिया प्यासिफिक सेल्स सेन्टरका सेल्स डाइरेक्टर मिसेस क्यारोलिन(किउ लिन) र सिनिअर सेल्स म्यानेजर मिस्टर रेक्स(लिउ रेन) ले नेपालको भ्रमण गरेका छन् । नेपालको बजार अध्ययन र बजार विस्तारका बारेमा लिन र रेनले नेपालको भ्रमण गरेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार लिन र रेनले काठमाडौंको टङाल, कुमारीपाटी र बसुन्धाराका सिजी डिजिटल शोरुमका साथै विभिन्न डिलर सपहरुको भ्रमण गरेका हुन् ।
टीसीएल सन् २०१२ मा नेपालमा चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्स अन्तर्गत सिजी इओएलले भित्र्याएको हो । अहिले नेपालको घरेलु इलेक्ट्रोनिक्स उपकरणमा ठूलो बजार हिस्सा ओगटेको छ ।
सेल्स डाइरेक्टर मिसेस क्यारोलिनका अनुसार विश्वभर गुणस्तरीय उत्पादन र सेवाका लागि प्रसिद्ध टीसीएलका उत्पादनहरु नेपालमा पनि व्यापक रूपमा रुचाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4