
काठमाडौं । नेपालको हार्ड ड्रिंक्स र बियरको मार्केट लिडर मध्ये एक जवलाखेल ग्रुप अफ इन्डस्ट्रिजले प्रिमियम क्याटेगरीमा उत्कृष्ट स्वाद र विश्व–स्तरीय गुणस्तरको प्रिमियम ह्विस्की ब्राण्ड ‘काला पत्थर’ नेपाली बजारमा ल्याएको छ ।
कम्पनीका अनुसार काला पत्थर एउटा ब्लेन्डेड रिसर्व ह्विस्की हो, जुन हिमालयको प्राचिन हिमनदीको पानीका साथ स्कटल्याण्डबाट दुई फरक शेरी र ओक कास्कमा तयार पारिएको छ । काला पत्थरमा सोफिस्टीकेटेड रिच एण्ड स्मुथ फिनिस भएकोले यसलाई सजिलै आनन्दका साथ पिउन सकिन्छ । वर्ल्ड अर्चर्ड फ्रुट र टफीको क्रिमी स्वीटनेस, सिटरस पिल, भेनिला र जाडोमा न्यानो दिने मसलाहरुको सन्तुलित मिश्रणले यसलाई शानदार स्वाद दिन्छ । काला पत्थरको मजा वरफको साथ वा सिधै लिन सकिन्छ ।
कम्पनीका अनुसार काला पत्थर घुमाएर सजिलै खोल्न मिल्ने क्याप भएको क्लीयर प्रिमियम बोतलमा ७५० एमएल, १८० एमएल र ९० एमएलमा बजारमा उपलब्ध छ ।
प्रतिक्रिया 4