+
+

लिडरसीप फिमेल अफ द इयर अवार्डबाट भायानेट कम्युनिकेसनकी सीईओ पाठक सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १५ गते १५:५५

काठमाडौं ।  भायानेट कम्युनिकेसनकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) सेवा पाठक बोहरालाई नेपालको प्राविधिक क्षेत्रमा पुर्‍याएको योगदानका लागि एचआरएम लिडरसीप फिमेल अफ द इयर २०२२ अवार्डबाट सम्मानित गरिएको छ । उनी प्रविधि क्षेत्रमा नेतृत्व गर्ने महिला मध्ये एक हुन् ।

सन् २०१२ मा भायानेटको वित्त तथा सञ्चालन निर्देशकका रूपमा भायानेटमा आएकी पाठक सन् २०१८ मा कम्पनीको प्रमुख कार्यकारी अधिकृत बनेकी थिइन् । उनको कार्यकालमा भायानेटले आफ्नो गुणस्तरीय इन्टरनेट र आईपीटीभी सेवाहरूको स्तरोन्नति गर्दै देशैभर द्रुत रूपमा विस्तार गरिरहेको कम्पनीले जनाएको छ ।

एचआरएम अवार्ड कर्पोरेट क्षेत्रमा भएका विविध विधाका उत्कृष्टतालाई पुरष्कृत गर्ने उद्देश्यले सन् २०२१ मा स्थापना भएको वार्षिक पुरष्कार हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?