+
+

राष्ट्रिय सभा सदस्यको उपचुनाव गर्ने तयारी

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १८ गते ११:५३

१८ पुस, काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्यको उपनिर्वाचन गर्ने तयारी गरेको छ ।

निर्वाचन आयोगका पदाधिकारीहरुले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर उपनिर्वाचनको तयारीबारे जानकारी गराएका हुन् ।

आयोग पदाधिकारीहरुको सोमबार नै बस्ने बैठकले मिति तय गर्न सक्ने एक आयुक्तले जानकारी दिए ।

‘राष्ट्रपति/उपराष्ट्रपतिको भोटेर भएकाले तत्काल उपनिर्वाचन गर्न लागिएको हो,’ ती आयुक्त भन्छन्, ‘माघ महिनाभित्रै उपचुनाव गर्ने तयारी छ ।’

नेकपा एमालेका खिमलाल भट्टराईले राजीनामा दिएपछि राष्ट्रिय सभामा एक सदस्य पद रिक्त छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?