
फाइल तस्वीर
२४ पुस, काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघले पूर्वअर्थमन्त्री तथा गभर्नर युवराज खतिवडालाई सम्मान गरेको छ । अर्थतन्त्रको विकासमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै परिसंघले खतिवडालाई सम्मान गरेको हो ।
सम्मानपछि डा. खतिवडाले आर्थिक र वित्तीय सुशासनमा आफ्नो क्षमताले भ्याएसम्म काम गरेको भन्दै वित्तीय प्रणालीले एक दशकमा ठूलो फड्को मारेको बताए । ‘बैंकमा राखेको निक्षेपमा डुब्दैन भन्ने विश्वास भएको छ,’ उनले भने, ‘पूँजीबजार र बैंकिङ क्षेत्रले सूचना प्रविधिको प्रयोगलाई अगाडि बढाउँदै लगेका छन् ।’
बैंकको कुल पूँजीकरणमा नेपाल विश्वमा अधिक पूँजीकरण हुने १४० देशमा २३औं स्थानमा पुगेको उनले बताए । ‘कर्जाको आकार भन्दा गुणस्तर बढाउन आवश्यक भएको छ,’ उनले भने, ‘आकार बढाउँदा जोखिम आउनसक्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4