+
+

सूर्य ज्योतिले बाँड्यो विपन्न परिवारलाई न्यानो कपडा

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ५ गते १९:०८

काठमाडौं । सूर्य ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशका विभिन्न भागमा न्यानो कपडा वितरण गरेको छ । ‘सूर्य ज्योतिको न्यानोपन’ अभियान सञ्चालन गर्दै सूर्य ज्योतिले गरिब तथा विपन्न परिवारलाई कम्बल तथा न्याने कपडा वितरण गरेको जनाएको छ ।

देशैभर असहाय बालबालिका, वृद्धवृद्धा तथा विपन्न वर्गलाई न्यानो कपडा वितरण गरेको कम्पनीले जनाएको छ ।

नेपाल स्नेही काख र सत्प्रयास नामक संस्थामा न्यानो कपडा वितरण गरिएको कम्पनीले जनाएको छ । उक्त कार्यक्रम ललितपुर क्षेत्रका क्षेत्रीय प्रबन्धक लक्ष्मी शाक्य र सातदोबाटो शाखाका शाखा प्रमुख लोइस थापा सहभागी थिए ।

कम्पनीले गुल्मीमा बौद्धिक/बहिरा- अपाङ्गता भएका विधार्थीलाई न्यानो कपडा वितरण गरेको छ ।

यस्तै माझीगाँउ बलिथुमका विपन्न परिवारहरुलाई पनि न्यानो कपडा वितरण गरिएको कम्पनीले बताएको छ ।

अभियान अन्तर्गत लक्ष्मिनिया गाउँपालिका, जलेश्वर, लाहान र वीरगञ्जमा पनि कम्बल वितरण कार्यक्रम सञ्चालन गरिएको कम्पनीले जनाएको छ ।

जाडोबाट बच्नका लागि कम्बल तथा कपडा बितरण अभियान सञ्चालन गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश बिक्रम खत्रीले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?