११ माघ, काठमाडौं । नेपालको शिर्ष डिभिजनको लिग ए डिभिजन लिग सुरु हुनु अघि नै राष्ट्रिय टोलीको प्रशिक्षक टुङ्गो लगाउने नेपाल फुटबल संघ(एन्फा)ले जनाएको छ ।
एन्फाका महासचिव किरण राईले प्रशिक्षकको विषय जतिसक्दो छिटो टुङ्गो लगाउने प्रक्रियामा रहेको बताए । उनले भने, ‘ए डिभिजन लिग अगाडि नै हामी राष्ट्रिय टिमको स्थायी प्रशिक्षक ल्याउने तयारीमा रहेका छौं ।’
उनले कुन देशबाट प्रशिक्षक भित्र्याउने भन्नेबारे नभने पनि उत्कृष्ट प्रशिक्षक भित्र्याउने तयारी भइरहेको बताए ।
कुवेती मुलका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले गत साउनमा राजीनामा दिएपश्चात नेपाली राष्ट्रिय टिमको प्रमुख प्रशिक्षक खाली छ । त्यसयता एन्फाले घरेलु प्रशिक्षकलाई टिमको जिम्मा दिँदै बिच बिचमा भएका मैत्रीपूर्ण खेलमा नेपालको सहभागी गराइरहेको छ ।
महासचिव राईले छनोट कार्य एन्फाले पूरा गर्ने भए पनि प्रशिक्षकको पारिश्रमिकका लागि नेपाल सरकार तथा अन्य मैत्रीसंस्थाहरुसँग छलफल भइरहेको बताएका छन् ।
पछिल्लो समय कतार फुटबल संघको सहकार्यमा आएका अब्दुल्लाह अलमुतारीको पारिश्रमिक कतार फुटबल संघले दिएको थियो । यसपटक पनि त्यस्तै सहयोगका लागि एन्फा सहयोगी संस्थाहरुसँग छलफलमा जुटेको हो ।
                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
प्रतिक्रिया 4