+
+

मिस नेपाल-२०२३ का सब-टाइटल प्रतिस्पर्धा पोखरामा हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २० गते १६:५५
फाइल तस्वीर

काठमाडौं । पहिलोपटक मिस नेपाल प्रतियोगिता काठमाडौंबाहिर हुने भएको छ । द हिडन ट्रेजरले यस वर्षको संस्करणका सबटाइटल प्रतिस्पर्धा पर्यटकीय नगरी पोखरामा गर्दैछ । संस्थाका निर्देशक प्रमोद कंसाकारले सब-टाइटल इभेन्ट पोखरामा गर्दा निकट भविष्यमा ग्राण्ड फिनाले समेत गर्न सजिलो हुने बताए ।

तीन दिनसम्म हुने सबटाइटल प्रतिस्पर्धामा २४ जना फाइनलिस्टले सहभागिता जनाउनेछन् । पोखरामा यस्तो कार्यक्रम गर्न हिडन ट्रेजरले आफ्ना प्रायोजक र विभिन्न निकायसँग छलफल चलाइरहेको छ । मिस नेपाल २०२३ को आवेदन खुला गर्नेबारे जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा द हिडन ट्रेजरले पोखरामा कार्यक्रम गर्नेबारे संकेत दिएको थियो ।

पोखरामा कार्यक्रम गर्दा रिफ्रेस पनि हुने र त्यहाँको जैविक विविधताबारे पनि अध्ययन गर्न सकिने निर्देशक कंसाकारले बताए । यस वर्षको मिस नेपाल प्रतियोगिता जेठ १३ गते ललितपुर गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा हुँदैछ । यसका लागि चैत १ गतेसम्म आवेदन खुला गरिएको छ ।

आवेदनको समय सकिएपछि सातै प्रदेशमा अडिसन आयोजना गरिएको छ । काठमाडौंको अडिसन मार्च १८ मा हुनेछ । इटहरी, वीरगञ्ज, पोखरा, नेपालगञ्ज, सुर्खेत र धनगढी लगायत क्षेत्रीय अडिसनहरु मार्च १५ सम्म सम्पन्न हुने भएका छन् । जसको स्थान र मिति पछि सार्वजनिक गर्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?