
२२ माघ, धनगढी । सुदूरपश्चिम प्रदेशकी मन्त्री सन्तोष शर्मा थापाले सरकारले छिट्टै पूर्णता पाउने बताएकी छन् ।
प्रेस चौतारी सुदूरपश्चिम प्रदेश कमिटीले २५ औँ स्थापना दिवसको अवसरमा धनगढीमा आयोजना गरेको कार्यक्रममा उनले दुई/तीन दिनभित्रै सरकारले पूर्णता पाउने दावी गरिन् ।
मुख्यमन्त्री राजेन्द्र सिंह रावलले एक दुई दिनभित्र विश्वासको मत लिनेतर्फ संकेत गर्दै उनले त्यसपछि सरकारलाई पूर्णता दिएर प्रदेशको विकास र समृद्धिको यात्रामा अघि बढ्ने बताइन् ।
‘पहिले सरकारले पूर्णता पाओस् । हामी दुई तीनभित्र पूर्णता पाउनेछ,’ उनले भनिन्, ‘हामीले विभाग, मन्त्रालय पाउनेछौं । त्यसपछि हामी जनतासँग सरोकार भएको मुद्धामा काम गर्नेछौं ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4