
१९ फागुन, विराटनगर । प्रदेशको नाम कोशी राखेको विरोधमा शुक्रबार विराटनगरमा प्रदर्शन भएको छ । बुधबार प्रदेशसभाले कोशी नाम राखेपछि उक्त नाम खारेज गर्न माग गर्दै पहिचान पक्षधरले प्रदर्शन गरेका हुन् ।
लिम्बुवान किरात संघर्ष समितिमा आवद्ध दर्जन बढी संघसंस्थाले शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय घेराउ पनि गरे । उनीहरुले पहिचानको आधारमा लिम्बुवान– किरात नामकरण गरिनुपर्ने माग गरे । प्रदेशको नाम पहिचानका आधारमा नराखे देशभरि आन्दोलन चर्काउने उनीहरुले चेतावनी दिए ।
९३ सदस्यीय प्रदेशसभामा कोशीको पक्षमत ८२ जनाले मतदान गरेका थिए । ४ जनाको विपक्षमा मतदान गर्दा ६ जना सांसद अनुपस्थित थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4