+
+

जनप्रतिनिधि र शिक्षक-कर्मचारीका छोराछाेरी सरकारी स्कुलमा पढाउन पालिकाको सूचना

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १९ गते ९:०३

१९ चैत, विराटनगर । जनप्रतिनिधि, शिक्षक र कर्मचारीका छोराछोरीलाई कक्षा ८ सम्म सरकारी विद्यालयमा पढाउन पाँचथरको मिक्लाजुङ गाउँपालिकाले सूचना जारी गरेको छ ।

मिक्लाजुङ गाउँपालिकाको शिक्षा ऐन, २०७९ को दफा (२२) मा विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीहरुका छोराछोरीहरुलाई अनिवार्य रुपमा आधारभूत तह (कक्षा ८) सम्म सामुदायिक विद्यालयमा पठनपाठन गराउनु पर्ने व्यवस्था गरेको पालिकाले २०८० को शैक्षिक सत्रबाट अनिवार्य रुपमा सामुदायिक विद्यालयमा भर्ना गराउन सूचना जारी गरेको हो ।

सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि पालिकाले गाउँपालिकाभित्रका सबै निर्वाचित जनप्रतिनिधि, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा शिक्षिका, विद्यालयका कर्मचारी, सरकारी कार्यालयमा कार्यरत कर्मचारीले आफ्ना छोराछोरीहरु अनिवार्यरुपमा आधारभूत तहसम्म सामुदायिक विद्यालयमा पठनपाठन गराउनुपर्ने पालिकाले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?