+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

कोलम्बियाको शान्ति प्रक्रियाका अनुभवहरू नेपालका लागि सान्दर्भिक : सुवास नेम्वाङ

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १ गते १७:३१

१ वैशाख, काठमाडौं । नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले कोलम्बियाको शान्ति प्रक्रियाका अनुभवहरू नेपालका लागि पनि सान्दर्भिक हुने बताएका छन् ।

हाल नेम्वाङको नेतृत्वमा नेपाली नेताहरुको एक टोली कोलम्बियामा छ । कोलम्बियाको संक्रमणकालीन न्यायको विषय बुझ्न गएको टोलीले कोलम्बियाका पूर्व राष्ट्रपति, शान्तिका लागि नोबेल पुरस्कार विजेता र शान्ति प्रक्रियाका नायक हुवाँ म्यानुअल सान्तोषसँग भेट गरेको छ ।

राष्ट्रपति सान्तोषसँगको बैठकमा नेपाली प्रतिनिधि मण्डलका नेता तथा संविधानसभा अध्यक्ष नेम्बाङले राष्ट्रपति सान्तोषको भूमिकाको उच्च प्रशंसा गर्दै कोलम्बियाको शान्ति प्रक्रियाका कतिपय अनुभवहरू नेपालका लागि पनि सान्दर्भिक हुने बताएको नेता प्रदीप ज्ञवालीले जानकारी दिए ।

पूर्व परराष्ट्रमन्त्री समेत रहेका नेता ज्ञवाली पनि कोलम्बिया भ्रमणमा रहेको नेपाली टोलीमा सहभागी छन् ।

नेपाली टोलीले कोलम्बियाका तत्कालीन सशस्त्र विद्रोही समूहका प्रमुख रोड्रिगो लोन्डोनो, शान्तिका लागि विशेष अदालतका अध्यक्ष रोबर्टो कार्लोस भिडाल, शान्ति प्रक्रियामा विशेष भूमिका खेल्ने पूर्व मन्त्री क्रिस्टो र विभिन्न पीडितÞहरूसँग समेत भेटवार्ता गरेको छ ।

नेपाली टोलीमा नेम्वाङसहित नेताहरु प्रदीप ज्ञवाली, रमेश लेखक, राधेश्याम अधिकारी, खिमलाल देवकोटा छन् । उनीहरुसँगै रथी चित्रबहादुर गुरुङ र पवन पाण्डे पनि सहभागी छन् ।

नेपालमा संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक अगाडि बढिरहेका बेला नेपाली नेताहरु कोलम्बियाको शान्ति प्रक्रियाका अनुभवहरू बुझ्न त्यसतर्फ गएका हुन् । गत सोमबार गएको नेपाली टोली शनिबार स्वदेश फर्किने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?