११ वैशाख, काठमाडौं । फेरान टोरेसले गरेको एक मात्र गोल मद्दतमा स्पानिस ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोनाले तेस्रो स्थानको एट्लेटिको मड्रिडलाई १-० ले पराजित गरेको छ ।
यस जितपछि बार्सिलोनाले दोस्रो स्थानको रियलमाथि ११ अंकको अग्रता बनाउँदै उपाधि होड बलियो बनाएको छ ।
आइतबार राति घरेलु मैदान नोउ क्याम्पमा भएको खेलमा टोरेसले खेलको ४४ औं मिनेटमा निर्णायक गोल गरेका थिए । उनले राफिन्हाको पासमा गोल गरे ।
जितपछि लिग लिडर बार्सिलोनाले ३० खेलबाट ७६ अंक जोडेको छ । समान खेलबाट रियलको ६५ अंक छ ।
एट्लेटिको मड्रिडको ३० खेलबाट ६० अंक छ ।
लिगमा अब ८ चरणको खेल हुन बाँकी छ ।
प्रतिक्रिया 4