+
+

नराम्रा काम गर्दै नगर्ने भनेर लागेका छौं : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २७ गते १३:५७

२७ वैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार राम्रो काममात्र गर्ने गरी अगाडि बढिरहेको बताएका छन् ।

कम्युनिस्ट नेता निर्मल लामाको स्मृतिमा आयोजित कार्यक्रममा उनले भने, ‘मैले प्रधानमन्त्रीको हैसियतमा हाम्रो मन्त्रिमण्डलले सामाजिक न्याय, सुशासन र समृद्धिको यात्रालाई नयाँ ढंगले सुरु गर्ने भन्ने अठोटका साथ अगाडि छौं । यहाँहरुले देख्नुभएको छ । सरकारले सानादेखि ठूलासम्म राम्रा काम गर्ने, राम्राबाहेक नराम्रो गर्दै नगर्ने भनेर लागेका छौं ।’

प्रधानमन्त्री प्रचण्डले सरकारको काममा वुद्धिजीवि र नागरिक समाजको साथ हुने आशा पनि व्यक्त गरेका छन् । ‘मलाई विश्वास छ, सुशासनको निम्ति, सामाजिक न्यायका निम्ति र समृद्धिका निम्ति हामीलाई सम्पूर्ण इमान्दार क्रान्तिकारी, वुद्धिजीवि नागरिक समाज र आम जनताको पनि साथ हुनेछ भन्ने विश्वास व्यक्त गर्न चाहन्छु र अपिल पनि गर्न चाहन्छु’ उनले भने ।

राजनीतिमा जटिलता आइरहने भन्दै प्रधानमन्त्री प्रचण्डले अहिले पनि केही जटिलता रहेको बताए ।

‘म बढी भन्न आवश्यक ठान्दिन । फेरि पनि सुशासनका लागि हामी गम्भीर भएर अठोटका साथ अगाडि बढेका छौं । सामाजिक न्याय र समृद्धिका लागि पनि अगाडि बढेका छौं’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?