+
+

संकटालाई हराउँदै पुलिसले छाड्यो रेलिगेसन जोन

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २९ गते १७:२५

२९ वैशाख, काठमाडौं । सहीद स्मारक ए डिभिजन लिगमा शुक्रबार नेपाल पुलिस क्लबले संकटा क्लबलाई पराजित गर्दै रेलिगेसन क्षेत्र छाडेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा दुई विदेशी खेलाडीको गोलमा पुलिसले संकटालाई २-१ ले हरायो ।

खेलको आठौं मिनेटमै मोसेस ट्वुमले गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए ।

तर २३औं मिनेटमा संकटाका निशान खड्काले गोल गर्दै खेल १-१ को बराबरीमा पुर्‍याए ।

दोस्रो हाफमा अर्को विदेशी खेलाडी मोहम्मद आशिकले पुलिसका लागि विजयी गोल गरे ।

मोहम्मद आशिकले ७९औं मिनेटमा गोल गर्दै पुलिसलाई जितसहित ३ अंक दिलाए ।

जारी लिगमा पुलिसको यो पाँचौ जित हो र जितपछि १७ खेल १९ अंक जोडेर पुलिस अन्तिम स्थान छाड्दै ११औं स्थानमा उक्लेको छ । पराजित संकटा १७ खेलबाट २० अंकसहित दशौं स्थानमै कायम छ ।

हेर्नुहोस् खेलका तस्वीरहरू :

 

तस्वीरहरू : विकास श्रेष्ठ/अनलाइनखबर

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?