+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

रास्वपाको माग- भुटानी शरणार्थी प्रकरण छानबिन गर्न संसदीय समिति बनाइयोस्

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १० गते ११:३८

१० जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नक्कली भुटानी शरणार्थी प्रकरणमा संसदीय समिति बनाएर छानबिन गर्न माग गरेको छ । यो प्रकरणमा सबै दलका नेताहरु मुछिएकाले संसदीय समितिमार्फत छानबिन गर्नुपर्ने उसको माग छ ।

आजको प्रतिनिधिसभाको बैठकको सुरुमै बोल्दै रास्वपा सभापति रवि लामिछानेले भने- यहाँ मुछिएका मान्छेहरु हेर्नुस्, यो राज्यमा हामीले कसको विश्वास गर्ने ? त्यसकारणले यो विश्वासको वातावरण बन्द भएको छ । यसका लागि संसदीय विशेष समिति बनाएर यसको छानबिन गर्नुपर्ने हुन्छ ।’

प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ रास्वपाका सांसदहरु आ-आफ्नो स्थानबाट उठेपछि सभामुख देवराज घिमिरेले प्रमुख सचेतकलाई दुई मिनेटभित्र कुरा राख्न भनेका थिए । तर प्रमुख सचेतक सन्तोष परियारले पार्टीको तर्फबाट सभापतिले कुरा राख्ने भनेपछि लामिछानेले बोलेका थिए ।

दिनदहाडै बालुवाटार, सिंहदरबार र मन्त्री क्वाटरमा लेनदेन भएको भन्दै उनले नाम मुछिएका सबैलाई छानबिनको दायरामा ल्याउन माग गरे ।

प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ रास्वपाका सांसदहरु आ–आफ्नो स्थानबाट उठेपछि सभामुख देवराज घिमिरेले प्रमुख सचेतकलाई दुई मिनेटभित्र कुरा राख्न भनेका थिए । तर प्रमुख सचेतक सन्तोष परियारले पार्टीको तर्फबाट सभापतिले कुरा राख्ने भनेपछि लामिछानेले बोलेका थिए ।

‘जुन–जुन निकायहरु यसमा लागिपरेका छन् । कसैको पनि विश्वास गर्ने वातावरण नभएको हुनाले सम्माननीय सभामुखमार्फत यो अनुरोध गर्न चाहन्छु कि ज–जसको नाम आएको छ, तिनलाई सोधपुछ समेत गर्न नहुने गरी किन डराएको हो ?’

भुटानी शरणार्थी प्रकरणको सन्दर्भमा गृहमन्त्री र प्रधानमन्त्रीले मुटु दह्रो छ भनेको प्रसंग जोड्दै लामिछानेले नाम मुछिएकाहरु सबैलाई सोधपुछ समेत नगरेको भन्दै असन्तुष्टि जनाए ।

‘गृहमन्त्रीले मुटु दह्रो छ भन्नुभएको थियो । प्रधानमन्त्रीले मुटु दह्रो छ भन्नुभएको थियो । उहाँको मुटु कहाँ गएर चेक गर्ने ?’ लामिछानेले भने, ‘यसकारण हरेक नाम आएका मान्छेसँग सोधपुछ हुनुपर्‍यो, उनीहरुलाई कारबाहीको दायरामा ल्याउनुपर्यो । खुट्टा कमाउनुभएन ।’

रवि लामिछानेको भनाइ भिडियोमा हेर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?