+
+

सलिना बनिन् उत्कृष्ट लिवेरो

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १४ गते १९:२५

१४ जेठ, काठमाडौं । काभा वुमन्स च्यालेन्ज कप भलिबल च्याम्पियनसिपमा नेपाल तेस्रो हुँदा लिवेरो सलिना श्रेष्ठ प्रतियोगितामै उत्कृष्ट बनेकी छन् ।

सहभागी ८ राष्ट्रका प्रतिस्पर्धीलाई पछि पार्दै सलिना आफ्नो पोजिसनमा सर्वोत्कृष्ट बनेकी हुन् ।

डेढ वर्षअघि नेपालले दोस्रोपल्ट काभा सिनियर उमेन्स भलिबल च्याम्पियनसिपको उपाधि जित्दा पनि सलिना आफ्नो पोजिसनमा उत्कृष्ट बनेकी थिइन् ।

प्रतियोगिताको व्यक्तिगत विधातर्फ भारतको बर्चश्व रह्यो । उसले तीन विधामा उत्कृष्ट खेलाडीको पुरस्कार पायो । सेकेन्ड बेस्ट आउटसाइड हिटरका रुपमा भारतकी अनुश्री पोइली, उत्कृष्ट मिडिल ब्लकर भारतकी सूर्या थोतांगाल र उत्कृष्ट सेटरमा भारतकै कोभट साजी जिनी चुनिए ।

उत्कृष्ट आउटसाइड हिटर काजकस्तानकी बोला उताएभा र अपोजिट प्लेयरमा सिखा जिनोभा उत्कृष्ट बनिन् । उज्वेकिस्तानकी कुडी साखोन सेकेन्ड बेस्ट मिडिल ब्लकर बनिन् ।

आइतबार त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा सम्पन्न फाइनलमा काजकस्तानलाई ३–० को सेटमा पराजित गरी भारतले प्रतियोगिताको उपाधि जितेको थियो । आइतबार नै तेस्रो स्थानका लागि भएको खेलमा नेपालले उज्वेकिस्तानलाई ३–१ को सेटमा पराजित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?