+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

वीरमा भीडभाड कम गर्न तलापिच्छे क्यास काउन्टर, थपियो ११ वटा एचडीयू बेड

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १९ गते २०:१९

१९ जेठ, काठमाडौं।  चिकित्सा राष्ट्रिय विज्ञान प्रतिष्ठान (वीर अस्पताल)ले केही सेवा सुधार गरेको छ। अस्पतालले भीडभाडलाई कम गर्न अहिले क्यास काउन्टरको संख्या थप गरिएको छ। निमित्त उपकुलपति डा. भुपेन्द्र बस्नेतका अनुसार भुई तला, दोस्रो र तेस्रो तलामा क्यास काउन्टरलाई विस्तार गरिएको हो।

‘अब चिकित्सकलाई देखाएपछि थप केही परीक्षण गर्नुपरेको अवस्थामा ओपीडी कक्षकै तलाबाट लाइन नबसी पैसा तिर्न सकिन्छ’ डा. बस्नेतले अनलाइनखबरसँग भने, ‘जसले गर्दा बिरामीलाई सहज रूपमा सेवा पाएका छन्।

यस्तै, रगत संकलनको कक्षको विस्तार गरिएको छ। नयाँ भवनमा रहेको सर्जिकल फार्मेसीलाई प्राथमिकता दिएर भीड कम गरिएको डा. बस्नेतले बताए।

अस्पताल प्रशासनले ओपीडी टिकट लिने समय पनि बढाएको छ। बिरामीको लाइनलाई मध्यनजर गर्दै बिहान ७ देखि दिउँसो ३ बजेसम्म ओपीडी टिकट लिने व्यवस्था गरिएको हो।

‘ओपीडी टिकट लिने समयको बढाउनुका साथै अनलाइन ओपीडी प्रणालीलाई प्रचार-प्रचार गरेका छौं। जसले गर्दा भीडभाड कम भइरहेको छ’ बस्नेतले भने।

हाल अस्पतालमा दैनिक  २ हजार १०० भन्दा बढी बिरामीले सेवा लिइरहेका छन्।

यस्तै, ११ वटा एचडीयू बेड थप गरिएको छ। ‘केही आईसीयूमा बसेका बिरामीलाई तत्काल बेडमा सार्न पनि नसकिने र आईसीयूको पनि जरूरत नहुने बिरामी राख्नलाई ११ वटा एचडीयू बेड थप गरेका हौं’ बस्नेतले भने, ‘एचडीयू बेड थप गर्दा आईसीयूमा राख्नुपर्ने बिरामीले बेड पाउनुपर्ने अवस्था बढेको छ।’

वीरमा हाल ५५ आईसीयू र १७ एचडीयू बेड सञ्चालनमा छन्। यस्तै, अस्पताल प्रशासनले पुरानो भवनमा रहेको न्यूरो सर्जिकल वार्डलाई नयाँ भवनमा केही हप्ता भित्रमै सार्ने योजना बनाएको छ।

पुरानो भवनको न्युरो वार्डलाई वन सेन्टरको रूपमा विकसित गरिने छ । हाल १० बेडबाट सञ्चालन हुने अस्पताल प्रशासनले जनाएको छ।

डा. बस्नेतले आकस्मिक कक्षको बेडको पनि विस्तार गरिएको बताए। ‘बेड नै नपाएर बिरामी फर्किनुपर्ने अवस्थालाई ध्यानमा राखेर १० वटा बेड थप गरेका छौं। अहिले आकस्मिक कक्षको रेड जोनमा जनशक्ति थप गरेर गम्भीर बिरामीलाई प्राथमिकताको साथ सेवा दिएका छौं’ डा. बस्नेतले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?