नेपाली महिला फुटबलको वरीयता खस्कियो
२०८० जेठ २६ गते १७:३९
२६ जेठ, काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले निकालेको महिला फुटबलको वरीयता अनुसार नेपाल १ स्थान तल झरेको हो ।
यसअघि १०० औं स्थानमा रहेको नेपाल हाल १०१ औं स्थानमा झरेको छ । दक्षिण एसियाको शीर्ष स्थानमा रहेको भारत विश्व वरीयतामा ६०औं स्थानमा रहेको छ ।
भुटान भने ७ स्थान सुधार गर्दै १७१औं स्थानमा उक्लिएको छ । यसअघि भुटान १७८औं स्थानमा थियो ।
साफ महिला च्याम्पियन बंगलादेश भने १४०औं स्थानमा यथावत रहेको छ ।
बंगलादेश नेपाललाई घरेलु मैदानमा पराजित गर्दै साफ महिला च्याम्पियन बनेको थियो ।
विश्व वरीयतामा शीर्ष पाँचसम्म कुनै परिवर्तन भएको छैन ।
अमेरिका शीर्ष स्थानमा यथावत छ । जर्मनी दोस्रो, स्वीडेन तेस्रो, इंग्ल्यान्ड चौथो र फ्रान्स पाँचौं स्थानमा छ ।
टुर्नामेन्ट
ICC Men T20 World Cup 2024
West Indies A Tour to Nepal 2024
ACC Premier Cup 2024
IRELAND WOLVES TOUR OF NEPAL
Nepal Tri-Nation T20I Series (2024)
Nepal A VS Canada XI OD Series
2023–2027 ICC Cricket World Cup League 2
Nepal Vs Canada ODI Series
Aaha RARA Pokhara gold cup
ICC Under-19 Cricket World Cup 2024
Pm Cup Womens National Cricket Tournament
Nepal Super League
T20 World Cup Final Asia
Nepal Tri-Nation T20I Series
Asiacup 2023
एसीसी प्रिमियर कप
प्रतिक्रिया 4