
काठमाडौं । जीडब्ल्यूएमका सवारी साधन खरिद गर्ने ग्राहकका लागि नबिल बैंक लिमिटेडले फाइनान्सिङ सुविधा उपलब्ध गराउने भएको छ ।
भीजी इम्पेक्स प्रालिले नबिल बैंकसँग जीडब्ल्यूएमका सवारी साधन खरिद गर्ने ग्राहकका लागि फाइनान्सिङ सुविधा उपलब्ध गराउने सम्झौता गरेको छ । भीजी इम्पेक्स प्रालि जीडब्ल्यूएमका सवारी साधन आयात एवम् वितरक गर्ने आधिकारिक कम्पनी हो ।
सम्झौता पत्रमा भीजी इम्पेक्स जीडब्ल्यूएम नेपालका भाइस–प्रेसिडेन्ट रुपेश शर्मा भट्ट र नबिल बैंकका हेड अफ रिटेल लेन्डिङ चाँदनी श्रेष्ठले हस्ताक्षर गरे ।
भीजी इम्पेक्सले नबिल बैंकसँग यसको इन्टरनल कम्बसन इन्जिन आईसीई सवारी साधन (हाभल जोलायन, हाभल एच६, पावर, विङ्गल ५) र विद्युतीय गाडी ओरा ०३ को फाइनान्सिङ सुविधाका लागि सम्झौता गरेको जनाएको छ ।
सम्झौताअनुसार ग्राहकले नबिल बैंक मार्फत जीडब्ल्यूएमका गाडी खरिद गर्दा फाइनान्सिङ सुविधा प्राप्त गर्ने छन् ।
नबिल बैंकले १२.९० प्रतिशत ब्याजदरमा आईसीई मोडललाई ५० प्रतिशतसम्म र ईभीको लागि ८० प्रतिशतसम्म अटो कर्जा उपलब्ध गराउने भएको छ । दुवै अवस्थामा ऋणको अवधि भने ७ वर्षको हुनेछ ।
ग्राहकहरूले अटो कर्जाको लागि आवश्यक कागजातहरू सहित नजिकैको नबिल बैंक शाखामा गएर आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया 4