 
																			२३ असार, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इलाम स्वास्थ्य विज्ञान प्रतिष्ठान (मेडिकल कलेज) इलाममा स्थापनाका लागि सरकारले तत्काल पहल गर्ने बताएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाललगायतको टोलीसँग भेटवार्ता गर्दै प्रधानमन्त्रीले इलाममा मेडिकल कलेज स्थापनाका लागि आवश्यक पहल गर्ने बताएका हुन् ।
इलाम स्वास्थ्य विज्ञान प्रतिष्ठान खोल्ने विषयमा प्रधानमन्त्री सकारात्मक रहेका र तत्कालै आवश्यक प्रक्रिया अगाडि बढाउने वचन दिएका एकीकृत समाजवादीका सम्मानित नेता खनालका सहयोगी कृष्ण भट्टराईले जानकारी दिए ।
टोलीमा नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य धिरेन शर्मा, इलाम नगरपालिकाका प्रमुख केदार थापा, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति प्रा डा राजेन्द्रराज वाग्ले, अधिवक्ता समिप घिमिरे, कृष्ण भट्टराई, शैक्षिक तथा विभिन्न पेसागत क्षेत्रमा कार्यरत मनिष गौतम, ललित ढुङ्गाना, माधव चम्लागाईं, विमला सुब्बालगायतको सहभागिता थियो ।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4