+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

अमेरिकी अर्थतन्त्रको विकासमा नेपालीहरुको योगदान छ : डोनाल्ड लु

अनलाइनखबर अनलाइनखबर
२०८० असार २९ गते १९:२३

२९ असार, काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले आफ्नो देशको अर्थतन्त्र विकासमा नेपाली समुदायले समेत योगदान पुर्‍याइरहेको भन्दै प्रशंसा गरेका छन् ।

आज शुक्रबार काठमाडौं आएका लुले परराष्ट्रमन्त्री एनपी साउदसँग भेटवार्ता गर्दै यस्तो बताएका हुन् । अमेरिकी डायस्पोरामा नेपाली समुदायको उपस्थितिले दुई देशको सम्बन्धलाई सकारात्मक दिशातर्फ अघि बढाएको उनले जोड दिए ।

लुसँगको कुराकानी उद्धृत गर्दै साउदले अनलाइनखबरलाई सुनाए, ‘अमेरिकी डायस्पोरामा नेपालीहरुको उपस्थितिले नेपाल–अमेरिका सम्बन्धलाई सकारात्मक दिशातर्फ अघि बढाएको चर्चा भयो । अमेरिकाको अर्थतन्त्र विकासमा नेपालीहरुले गरेको योगदानको डोनाल्ड लु ले उच्च प्रशंसा गर्नुभएको छ । अमेरिकी समाजमा नेपाली समुदायको उपस्थिति यसैगरी बलियो हुँदै जाओस् भन्ने हामी चाहना राख्छौं भनी उहाँले भन्नुभयो ।’

नेपालले अमेरिका जाने भिसाको मितिमा धेरै लामो ग्याप रहने गरेकाले त्यो समय–अन्तर घटाइदिन आग्रह गरेको छ । लूले काठमाडौंस्थित अमेरिकी दुतावासको क्षमता अभिवृद्धि गरेर त्यो ग्याप छोटो गर्ने आश्वासन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?