गोलकिपर ओनाना म्यानचेष्टर युनाइटेड जाने पक्का
काठमाडौं । प्रिमियर लिग क्लब आन्द्रे ओनानाले इन्टर मिलानबाट गोलकिपर आन्द्रे ओनानालाई अनुबन्ध गर्ने पक्का भएको छ ।
युनाइटेडले २७ वर्षीय गोलकिपर ओनानालाई अनुबन्ध गर्नका लागि इन्टरसँग सहमति जनाएको बीबीसीले जनाएको छ ।
ओल्ड ट्राफोर्ड क्लबले क्यामरुनी गोलकिपरका लागि ५५ मिलयन युरो तिर्ने सहमति गरेको छ ।
युनाइटेडले ओनाना प्रि सिजनका लागि अमेरिका भ्रमणमा समावेश हुने आशा राखेको छ र तर त्यसका लागि उनको भिजा प्रक्रिया पूरा गर्नुपर्नेछ ।
ओनानाले युनाइटेडमा पाँच वर्षको सम्झौता गर्ने र एक वर्षको विकल्प समेत हुनेछ ।
म्यानेजर एरिक टेन हागले यसअघि ओनानासँग डच क्लब अयाक्समा काम गरेकोले पनि उनले ओनानामा विश्वास देखाएका हुन् ।
गोलकिपर डेभिड डे हेअले १२ वर्षपछि क्लब छाडेपछि युनाइटेडले नयाँ गोलकिपर भित्र्याउन लागेको हो ।
ओनानाले २०२२ मा फ्रि ट्रान्सरमा इन्टर जानुअघि अयाक्समा साढे सात सिजन बिताएका थिए ।
उनले गत सिजन इन्टरका लागि २४ सिरी ए खेल खेल्दा ८ क्लिनसिट राखेका थिए ।
यस्तै उनले च्याम्पियन्स लिग फाइनलमा म्यानचेष्टर सिटी विरुद्ध खेलेका थिए जहाँ इन्टर सिटीसँग १-० ले पराजित हुँदै उपविजेता बनेको थियो ।
ओनानाले गत वर्ष भएको विश्वकप फुटबलमा क्यामरुनका प्रशिक्षक रिगबोर्ट सोङसँग कुरा नमिलनेपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका थिए ।
प्रतिक्रिया 4