
काठमाडौं । ज्योति ग्रुपका कार्यकारी निर्देशक सौरभ ज्योतिको स्वरमा नेवारी गीत ‘छ जी’ सार्वजनिक भएको छ । प्रेमभावमा आधारित गीतमा ज्योतिकै शब्द छ भने जेम्स प्रधानले संगीत तथा एरेन्ज गरेका छन् ।
ज्योत्सना योगीले निर्देशन गरेको गीतको भिडियोमा आँचल ताम्राकार, रसिक श्रेष्ठ, सौरभ ज्योति, सिर्जना शाक्य ज्योति र टीका निरौलाले अभिनय गरेका छन् । भिडियोमा नयन राईको छायांकन, अशोक अधिकारी र न्हुजन डंगोलको सम्पादन छ ।
गीत युट्युबका साथै अन्य संगीत प्लेटफर्ममा पनि उपलब्ध रहेको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4