
२३ साउन, सुर्खेत । अवैध रुपमा भरुवा बन्दुक राखेको आरोपमा प्रहरीले सुर्खेतका एकजनालाई पक्राउ गरेको छ ।
प्रहरी चौकी सुब्बाकुनाबाट खटिएको प्रहरी टोलीले वीरेन्द्रनगर नगरपालिका-१३ करेखोलाका ४२ वर्षीय केशव घर्तिलाई पक्राउ गरेको हो ।
उनको साथबाट मंगलबार दुईवटा भरुवा बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।
प्रहरीका अनुसार थप अनुसन्धान गर्दै जाँदा वीरेन्द्रनगर–१३ कै सिडेनिका ४८ वर्षीय जंगबहादुर राईको घरबाट पनि थप १ नाल भरुवा बन्दुक बरामद गरिएको छ ।
राईको घरमा लुकाई छिपाई राखेको अवस्थामा उक्त बन्दुक फेला पारेको प्रहरीले जनाएको छ ।
घरमुली जंगबहादुर बिगत १ वर्षदेखि घरमा नभएकाले उनकी श्रीमती ४० वर्षीया विमला राईबाट बुधबार उपस्थित हुने गरी बोलाइएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको सुर्खेत प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4