+

एसिया कपका लागि नेपाली क्रिकेट टोलीको घोषणा

२०८० साउन  २९ गते १५:५९ २०८० साउन २९ गते १५:५९
एसिया कपका लागि नेपाली क्रिकेट टोलीको घोषणा

२९ साउन, काठमाडौं । पाकिस्तान र श्रीलंकामा आयोजना हुने एसिया कप क्रिकेटका लागि नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ क्यानले सोमबार रोहित पौडेलको कप्तानीमा १७ सदस्यीय टोली घोषणा गरेको हो ।

एसिया कप क्रिकेट अगष्ट ३१ मा सुरु हुँदैछ । उक्त प्रतियोगितामा नेपाल भारत र पाकिस्तान रहेको समूह ए मा छ ।

नेपालले पहिलो खेल पाकिस्तानसँग अगष्ट ३१ मा मुल्तानमा खेल्नेछ एसिया कपअघि नेपाल टिमले पाकिस्तानमा एक साता तयारी गर्ने क्यानले जनाएको छ । जसमा नेपालले केही अभ्यास खेल पनि खेल्नेछ ।

यी हुन् १७ सदस्यीय टोली : रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, सन्दीप लामिछाने, करण केसी, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, आरिफ शेख, आसिफ शेख, सोमपाल कामी, प्रतिश जिसी, किशोर महतो, सन्दीप जोरा, अर्जुन साउद, श्याम ढकाल ।

क्रिकेट नेपाली क्रिकेट टिम
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय