+

फिफाको एक्सन : चुम्बन विवादमा परेका लुइस रुबियल्सलाई ९० दिनको निलम्बन

२०८० भदौ  ९ गते १८:३९ २०८० भदौ ९ गते १८:३९
फिफाको एक्सन : चुम्बन विवादमा परेका लुइस रुबियल्सलाई ९० दिनको निलम्बन

९ भदौ, काठमाडौं । पिफाले स्पेनिस फुटबल संघका अध्यक्ष लुइस रुबियल्सलाई निलम्बन गरेको छ ।

रुबियल्स स्पेनले महिला विश्वकप फुटबलको उपाधि जितेको खुसी साट्ने क्रममा फर्वाड जेनिफर हर्मोसलाई चुम्बन गरेपछि विवादमा परेका थिए । आलोचनापछि माफी मागेका उनले राजीनामा दिन भने अस्वीकार गरेका थिए ।

विश्व फुटबलको नियमनकारी निकाय फिफाको अनुशासन समितिले रुबियल्सलाई ९० दिनसम्म राष्ट्रिय र अन्तर्राष्ट्रिय फुटबलका कुनै पनि गतिविधिमा संलग्न हुन नपाउने गरी निलम्बन गरेको हो ।

फिफा फुटबल स्पेन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय