+

पाकिस्तानविरुद्ध ललित राजवंशी विकेटविहीन

२०८० भदौ  १३ गते १८:२३ २०८० भदौ १३ गते १८:२३
पाकिस्तानविरुद्ध ललित राजवंशी विकेटविहीन

१३ भदौ, काठमाडौं । एसियन कप क्रिकेटमा पाकिस्तानविरुद्ध नेपाली बलर ललित राजवंशीले बुधबारको खेलमा विकेट लिन सकेनन् । बायाँ हाते स्पिनर ललितले १० ओभर बलिङ गर्दा ४८ रन खर्चिए, तर विकेट लिन सकेनन् ।

ललितले २१ एकदिवसीय अन्तर्राट्रियमा २८ विकेट लिएका छन् । उनी २२ औ एकदिवसीयमा भने विकेटविहिन बनेका हुन् ।

पाकिस्तानको मुल्तान क्रिकेट स्टेडियममा भएको खेलमा नेपालले ४१ ओभरको खेल सकिँदा जम्मा २ विकेट लिएको छ ।

नेपालका सन्दीप लामिछाने र करण केसीले एक एक विकेट लिएका हुन् । पाकिस्तानका दुई खेलाडी रनआउट ए । ४१ ओभरको खेल सकिँदा पाकिस्तानले २२२ रन जोडेको छ ।

एसिया कप नेपाल क्रिकेट ललित राजवंशी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय