+

बेलिङहमले इन्जुरी टाइममा गोल गरेपछि रियलको पुनरागमन जित

२०८० भदौ  १७ गते ६:३६ २०८० भदौ १७ गते ६:३६
बेलिङहमले इन्जुरी टाइममा गोल गरेपछि रियलको पुनरागमन जित

काठमाडौं । जुड बेलिङहमले खेलको इन्जुरी टाइममा गोल गरेपछि रियल मड्रिडले स्पानिस ला लिगामा शनिबार गेटाफेमाथि २-१ को पुनरागमन जित हात पारेको छ ।

घरेलु मैदान सान्टियागो बर्नाबेउमा रियलले पहिलो हाफमा एक गोलले पछि परेको स्थिति उल्टाउँदै ३ अंक जोडेको हो । रियलले दुवै गोल दोस्रो हाफमा गरेको थियो ।

खेलको ११औं मिनेटमै बोया मोयारलले गोल गर्दै भ्रमणकारी टोली गेटाफेलाई रियल विरुद्ध अग्रता दिलाएका थिए । तर उक्त अग्रता गेटाफेले जोगाउन सकेन ।

रियलका लागि ४७औं मिनेटमा जोसेलुले बराबरी गोल फर्काए । त्यसपछि इन्जुरी टाइममा बेलिङहमले गोल गर्दै रियललाई २-१ को जित दिलाए ।

यसै समरमा जर्मन क्लब बोरुसिया डर्टमण्डबाट रियल पुगेका बेलिङहमले ला लिगामा शानदार प्रदर्शन गरिरहेका छन् । उनले लिगमा चार खेल खेल्दा पाँच गोल गरिसकेका छन् ।

यस सिजन चारै खेल जितेको रियल १२ अंक जोडेर शीर्ष स्थानमा छ । रियलले छिमेकी एट्लेटिको मड्रिड, बार्सिलोना र गिरोनामाथि समान ५ अंकको अग्रता बनाएको छ । यी तीन टोलीले रियलभन्दा एक खेल कम खेलेका छन् ।

गेटाफे चार खेलबाट ४ अंकसहित १४औं स्थानमा छ ।

यल मड्रिड स्पानिस ला लिगा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय