+
+

अनमोल केसी भन्छन्- कसैको व्यक्तिगत स्वार्थमा उपयोग नहुँ भन्नेमा गम्भीर छु

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ६ गते १७:५५

काठमाडौं । अभिनेता अनमोल केसीले कसैको व्यक्तिगत स्वार्थमा आफू उपयोग नहुने कुरामा गम्भीर रहेको बताएका छन् । स्क्रिप्ट चित्त नबुझेसम्म विलम्व भएपनि आफूलाई फिल्म गर्न हतार नहुने उनले उल्लेख गरेका छन् ।

सामाजिक संजालमा शनिबार स्टाटस पोस्ट गर्दै उनले यस्तो आत्मसमीक्षा गरेका हुन् । पछिल्लो फिल्म ‘छड्के २’ बक्स अफिसमा पूर्णतः असफल भएको पृष्ठभूमिमा यो उनको दोस्रो फेसबुक स्टाटस हो । गत मार्च १० को पोस्टमा उनले नवौं फिल्मसम्म आइपुग्दा आफू चुक्न पुगेको प्रतिक्रिया दिएका थिए ।

‘छड्के २’तर्फ लक्षित गर्दै उनले पछिल्लो फिल्मले आफूलाई ठूलो पाठ सिकाएको उल्लेख गरेका छन् । ‘कलाकारको धर्म र सजगता पनि के हो राम्रोसँग बुझाएको छ । सबैभन्दा ठूलो पाठ मैले गर्ने सिनेमा के हो र कस्तो हुनुपर्छ भन्ने हो’ उनले लेखेका छन् ।

उनी लेख्छन्, ‘म कुनै पनि प्रोजेक्टमा आबद्ध हुँदा कसैको निहित व्यक्तिगत स्वार्थमा उपयोग नहुँ भन्नेमा निक्कै गम्भिर छु, त्यसैले मैले अब फिल्म गर्दा जबसम्म स्क्रिप्टमा मेरो पूर्ण चित्त बुझाइ हुँदैन तब सम्म फिल्म गर्न हतार गर्ने छैन चाहे यसका लागि विलम्ब नै किन नहोस् , अबको मेरो एकमात्र ध्यान भनेको प्रोजेक्ट कसरी राम्रो हुन्छ भन्ने हो, यसका लागि अब म माथि कुनै प्रकारको दबाब वा हतारको प्रभाव हुन्न र हुन दिनेछैन भन्नेमा म दृढ भएको छु ।’

उनले आफ्ना आगामी फिल्मलाई आधिकारिक पेजबाट मात्र घोषणा गर्ने उल्लेख गरेका छन् । गत ८ सेप्टेम्बरमा उनले सामाजिक संजालमार्फत आफ्नो आगामी फिल्म ‘फर्की फर्की’को घोषणा गरेका थिए ।

अनमोलको अर्को फिल्म ‘रावायण’ छायांकन तयारीमा छ भने होमप्रोडक्सन फिल्म समेत ल्याउने उनको योजना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?