+

गुल्मीमा असोज १० देखि १३ गतेसम्म पुल्चोक कप हुने

२०८० असोज  ८ गते १३:१७ २०८० असोज ८ गते १३:१७
गुल्मीमा असोज १० देखि १३ गतेसम्म पुल्चोक कप हुने

८ असोज, गुल्मी । गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा यही असोज १० देखि १३ गतेसम्म पुल्चोक कप छात्रा फुटबल सञ्चालन हुने भएको छ ।

पुल्चोक स्पोर्टस क्लबले सोमबार पत्रकार सम्मेलन विद्यालयस्तरीय छात्रा फुटबल प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिएको हो ।

क्लबका उपाध्यक्ष सन्तोष न्यौपानेले प्रतियोगितामा कक्षा १० सम्ममा छात्रा सहभागी हुन पाउने बताए ।

पत्रकार सम्मेलनमा क्लबले शिल्ड सार्वजनिक गरेको छ । रेसुङ्गा नगरपालिकाका उपप्रमुख अमृतादेवी कुँवरले पुल्चोक कप-२०८० को शिल्ड सार्वजनिक गरेकी हुन् ।

शिल्ड सार्वजनिक गर्दै नगर उपप्रमुख कुँवरले खेल क्षेत्रको प्रोत्साहनका लागि सधैं साथमा रहने बताइन् । उनले खेल क्षेत्रको विकासका लागि नगरपालिकाले शिर्षक प्रायोजक गरेको बताइन ।

खेलमा ११ समूह सहभागी हुनेछन् । खेल चार दिनसम्म लगातार चल्नेछ ।

पुल्चोक कप २०८० जित्नेले ३० हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् । त्यस्तै उपविजेताले २० हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका महासचिव प्रकाश मरासिनीले जानकारी दिए ।

नेपाली महिला फुटबल रेसुङ्गा नगरपालिक
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय