+

रोहितको कीर्तिमानी प्रदर्शनमा भारतले अफगानिस्तानलाई हरायो

२०८० असोज  २४ गते २१:२० २०८० असोज २४ गते २१:२०
रोहितको कीर्तिमानी प्रदर्शनमा भारतले अफगानिस्तानलाई हरायो

२४ असोज, काठमाडौं । विश्वकप क्रिकेटमा कप्तान रोहित शर्माको कीर्तिमान प्रदर्शनमा भारतले अफगानिस्तानमाथि सानदार जित हात पारेको छ ।

दिल्लीमा जितका लागि पाएको २७३ रनको लक्ष्य घरेलु टोली भारतले खेल सकिन १५ ओभर बाँकी छँदै २ विकेट गुमाएर भेट्टायो ।

भारतलाई ८ विकेटले जिताउने क्रममा कप्तान शर्माले विश्वकप क्रिकेटमा सबभन्दा धेरै शतकको रेकर्ड बनाए । उनले ६३ बलमा १०० रन पूरा गरेका उनी १३१ रन बनाएर आउट भयो ।

यो रोहितको एकदिवसीय क्रिकेटमा ३१औं र विश्वकप क्रिकेटमा सातौं शतक हो । यससँगै उनले विश्वकपमा सचिन तेन्दुलकरको रेकर्डलाई तोडे । भारतका सचिनले विश्वकपमा ६ शतक बनाएका थिए ।

यस्तै अफगानिस्तानविरुद्धको खेलमा विराट कोहली ५५ रनमा नट आउट रहे । ओपनर इशान किसन ४७ रनमा आउट भए ।

यसअघि पहिला ब्याटिङ गरेको अफगानिस्तानले ५० ‌ओभरमा ८ विकेट गुमाउँदै २७२ रन बनाएको थियो । उसका लागि हसमतुल्लाह शाहिदीले ८० र अजमातुल्लाह ओमरजाईले ६२ रन बनाए ।

 

अफगानिस्तान क्रिकेट भारतीय क्रिकेट विश्वकप क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय