+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
71/2 (9.2)
VS
चितवन राइनोज 2025
0/0
Shares

चार स्रष्टालाई लूनकणदास–गंगादेवी चौधरी साहित्य-कला सम्मान

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ३० गते ११:१२

लूनकरणदास–गंगादेवी चौधरी साहित्यकला मन्दिरले यसबर्ष विभिन्न विधाका चार जनालाई सम्मान गरेको छ ।

नेपाली तन्त्रविद्याका विद्वान प्रा. विद्याथान भट्टराईलाई इतिहास शिरोमणि बाबुराम आचार्य सम्मान, कवि डा.विष्णुविभु घिमिरे र हास्यब्याङ्गकार लक्षमण नेवटियालाई संयुक्त रुपमा सरस्वती सम्मान , लोकगायिका झुमा लिम्बूलाई नारायणगोपाल संगीत सम्मान दिइएको छ । लूनकरणदास गंगादेवी चौधरीको नाममा स्थापित यो सम्मान विगत २९ बर्षदेखि साहित्य कलाका क्षेत्रमा उल्लेख्य भूमिका निर्वाह गरेका साधकहरुलाई दिइदै आएको साहित्यकला मन्दिरका महासचिव रमण घिमिरेले बताए । यस अन्तर्गत जनही १ लाख ५१ हजार नगदसहित प्रमाणपत्र प्रदान गरिदै आएको छ ।

साहित्यकला मन्दिरका अध्यक्ष मेघा चौधरी र अभिनेत्री मनिषा कोइरालाले संयुक्त रुपमा स्रष्टाहरुलाई सो सम्मान प्रदान गरेका थिए ।

प्रमुख अतिथिको रुपमा निम्त्याइएका अभिनेत्री मनिषा कोइरालाले सिनेमा र साहित्यवीच गहिरो सम्बन्ध रहेको बताउँदै साहित्यले देश, समाज र आफ्नो मान्यतालाई समेट्ने र मार्गचित्र प्रस्तुत गर्ने बताइन् । उनले भनिन्, ‘यस्ता मार्गदर्शक साहित्यकार र कलाकारलाई साहित्यकला मन्दिरले यसरी सम्मान गर्नु गौरवको कुरा हो ।’

सो अवसरमा साहित्यकला मन्दिरका अध्यक्ष मेघा चौधरीले मन्तव्य दिदै संस्थाको जिम्मेवारी आफुलाई सुम्पिएकोमा संरक्षक बसन्त चौधरीप्रति आभार व्यक्त गर्दै संस्थाको गतिविधिलाई अरु सक्रिय र नयाँ दृष्टिकोणका साथ अगाडि बढाउने बताइन् । कार्यक्रममा साहित्यकला मन्दिरका संरक्षक बसन्त चौधरीले यस संस्थाले तीस बर्ष लामो यात्रा तय गरेको र यो यात्रालाई आफ्ना भावी पुस्ताहरुले निरन्तरता दिनेमा विश्वास व्यक्त गरे ।

कार्यक्रममा प्रा.डा. उषा ठाकुरले लेखेको ‘विचार र विश्लेषण’ तथा व्याङ्गकार लक्ष्मण तेवटियालको व्यङ्ग कवितासंग्रह ‘व्याङ्गधाम’ लोकार्पण गरियो । यी लोकार्पित कृतिमाथि संस्थाका महासचिव एवं पत्रकार रमण घिमिरेले टिप्पणी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?